सातै प्रदेशमा मनसुन प्रभाव, तीन प्रदेशमा भारी वर्षा हुने

हिमाल प्रेस ६ असार २०८० ६:२८
14
SHARES
सातै प्रदेशमा मनसुन प्रभाव, तीन प्रदेशमा भारी वर्षा हुने फाइल तस्बिर। हिमाल प्रेस

काठमाडौँ– हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव तथा बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेले मौसममा यस्तो बदलीदेखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति भने कोशी , मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र देशको बाँकी भू-भागका एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश र गण्डकी प्रदेशमा भारी वर्षाको पनि सम्भावना छ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी तथा पहिरोको जोखिम हुने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित: ६ असार २०८० ६:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 3 =