बजेट किताबमा भएको त्रुटि तत्काल सच्याउन सभामुखको निर्देशन

हिमाल प्रेस ५ असार २०८० १५:१६
10
SHARES
बजेट किताबमा भएको त्रुटि तत्काल सच्याउन सभामुखको निर्देशन

काठमाडौँ- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बजेट पुस्तिकामा भएका त्रुटिहरू तत्काल सच्याउन सरकारलाई निर्देशन दिएका छन्।

मंगलबार १५ मिनेट स्थगित भएपछि बसेको प्रतिनिधिसभा बैठकमा उनले सहरी विकास मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका बजेट पुस्तिकामा केही त्रुटि भएको उल्लेख गर्दै सच्याउन निर्देशन दिएका हुन्।

यसअघि बसेको बैठकमा एमालेका सांसदहरूले लुम्बिनी प्रदेशको नाम नराखी प्रदेश ५ राखेर सहरी विकास मन्त्रालयको विनियोजन शिर्षक छलफलका लागि आएको भन्दै नसच्याएसम्म छलफल अघि बढ्न नदिने अडान लिएका थिए।

‘हामी विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयगत छलफलमा छौँ। सम्बन्धित मन्त्रालयहरूबाट वार्षिक रुपमा सम्पादन हुने कार्यक्रम समावेश पुस्तिका उल्लेखित केही विषयहरू खासगरी प्रदेशसभाबाट पारित प्रदेशको नाम उल्लेख हुनुपर्नेमा सो नभएको विषयमा ध्यानाकर्षणसहित सच्याउनका लागि यस अघि निर्देशन भईसकेको छ’ घिमिरेले भने।

सभामुखले विषयगत मन्त्रालयका मन्त्रीले पनि बजेट पुस्तकमा त्रुटि भएको स्वीकार्दै सच्याउने बताइसकेको जानकारी गराए।

‘त्यस्ता कुनै त्रुटिहरू भएमा तत्काल सच्याउन म पुनः निर्देशन गर्दछु,’ उनले भने, ‘प्रश्न उठाइसके पश्चात माननीय मन्त्रीले सदनलाई जानकारी गराउँदै सच्याउने प्रतिवद्धता समेत व्यक्त गरिसक्नु भएकाले अंकको सट्टा प्रदेशको नाम राखी आवश्यकक्ताअनुसार सुधार गर्न म सम्बन्धित मन्त्रालयलाई निर्देशन गर्दछु।’

प्रकाशित: ५ असार २०८० १५:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =