प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर शुक्रबार

हिमाल प्रेस ५ असार २०८० १२:४६
8
SHARES
प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर शुक्रबार

काठमाडौँ- प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहालसँग शुक्रबार (असार ८ गते) प्रत्यक्ष प्रश्नोत्तर हुने भएको छ। सभाको मंगलबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिमको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रम शुक्रबार हुने गरी निर्धारण गरेको जानकारी गराए।

उनले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको लागि सम्पूर्ण सदस्य संख्यालाई वर्णानुक्रमअनुसार हरेक समूहमा १५ जना सदस्य रहने गरी जम्मा १७ समूहमा विभाजन गरिएको बताए। यो महिना भने समूह १ मा रहेका प्रतिनिधि सभा सदस्यहरुको पालो रहेको उहाँले जानकारी गराए।

‘प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिमको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रम यही २०८० असार८ गतेको बैठकमा हुनेगरी निर्धारण गरेको व्यहोरा जानकारी गराउँछु,’ उनले भने, ‘ साथै प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको लागि सम्पूर्ण सदस्य संख्यालाई वर्णानुक्रम अनुसार हरेक समुहमा १५ जना सदस्य रहनेगरी जम्मा १७ समूहमा विभाजन गरिएको व्यहोरा जानकारी गराउँछु। नियम अनुसार प्रत्येक
महिना प्रधानमन्त्रीसँग हुने प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा यसरी विभाजन गरिएको समूहमा रहेका सदस्यहरुले क्रमशः प्रश्न सोध्न सक्नुहुनेछ।’

यस महिना प्रश्न सोध्नका लागि नियमावलीको नियम ५८ बमोजिम आजै अपराह्न पाँच बजेभित्र प्रतिनिधिसभाको सचिवसमक्ष आफ्नो प्रश्न लिखित रुपमा दिन उनले जानकारी गराए।

प्रकाशित: ५ असार २०८० १२:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − two =