५२ अंकले बढ्यो नेप्से, परिसूचक २०९४ बिन्दुमा

हिमाल प्रेस ३ असार २०८० १५:३६
4
SHARES
५२ अंकले बढ्यो नेप्से, परिसूचक २०९४ बिन्दुमा

काठमाडौँ– आइतबार सेयर बजार परिसूचक (नेप्से) ५२.२६ अंकले बढेको छ। २०४५ बिन्दुबाट सुरु भएको कारोबार सामान्य उतारचढावका बीच २०९४.३३ बिन्दुमा उक्लिएको हो।

पछिल्ला ९ करोबार दिनमा सेयर बजार लगातार उकालो लागेको छ। यो अवधिमा मात्रै नेप्से परिसूचक १५९ अंकले बढेको छ। बैंकिङ क्षेत्रमा पर्याप्त लगानीयोग्य रकम र घट्दो क्रममा रहेको ब्याजदरको सकारात्मक प्रभाव सेयर बजारमा देखिएको छ।

पछिल्ला कारोबार दिनमा कारोबार रकममा समेत वृद्धि भइरहेको छ। आइतबार २८० कम्पनीको १ करोड २० लाख ९५ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ८६ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

आइतबार १४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कारोबार रकमका हिसाबले आज शिवम् सिमेन्ट शीर्ष स्थानमा रह्यो। यसको कुल ३६ करोड ६५ लाख रुपैयाँको कारोबार भएको छ।

आज बैंकिङ उपसमूहको सूचक ०.२९ प्रतिशतले घटेको छ। बाँकी सबै उपसमूहको सूचक बढेको छ। होटल तथा पर्यटन, जीवन बिमा र अन्य उपसमूहको सूचक ६ प्रतिशतभन्दा बढी बिन्दुले बढेको छ।

प्रकाशित: ३ असार २०८० १५:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =