लुम्बिनीको बजेट : ४० अर्ब ४७ कराेड

हिमाल प्रेस १ असार २०८० १७:२४
36
SHARES
लुम्बिनीको बजेट : ४० अर्ब ४७ कराेड

लुम्बिनी- लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि ४० अर्ब ४७ करोड ९७ लाख बराबरको बजेट ल्याएकाे छ। आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले प्रदेश सभामा बजेट प्रस्तुत गरेका हुन्। चालुतर्फ १५ अर्ब ६३ करोड ३० लाख ९९ हजार अर्थात ३३.८७ प्रतिशत र पुँजीगततर्फ २३ अर्ब २५ करोड ६९ लाख १ हजार अर्थात ५७.४५ प्रतिशत बजेट छुट्याएकाे छ। स्थानीय तहमार्फत वित्तीय हस्तान्तरणमार्फत ३ अर्ब ५८ करोड ९७ लाख अर्थात ८.८७ प्रतिशत विनियोजन गरिएको छ।

सरकारले २ वर्षमा २ लाख बेरोजगारलाई रोजगार दिने गरी याेजना अघि सारेकाे छ। सरकारी, निजी, गैर सरकारी संस्था र विकास साझेदारसँगको सहकार्यमा मुख्यमन्त्री आर्थिक विकास कोष स्थापना गरी संचालन गर्ने आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले बताए।

सरकारले मुख्यमन्त्री आर्थिक विकास कार्यक्रम संचालन गर्न १ अर्ब बजेट विनियोजन गरेको छ। सीप, पुँजी र प्रविधिको विकास गरी रोजगार प्रवर्द्धन गर्न सरकारले थप ४ करोड बजेट विनियोजन गरेको छ।

त्यस्तै सरकारले मुख्यमन्त्री नव प्रवर्द्धन कार्यक्रम पनि अघि सारेको छ। रोजगारी सिर्जना गर्न साना र मझौला उद्यमको विकास गर्न सरकारले २ करोड रकम विनियोजन गरेको छ। यसअघिको सरकारले ल्याएको स्मार्ट कृषि कार्यक्रमलाई निरन्तरता दिँदै १० करोड बजेट बिनियोजन गरे अर्थमनत्रिले बताए।

स्थानीय बाली संरक्षण कार्यक्रम अर्न्तगत प्रदेशका विभिन्न जिल्लाका लागि ६ करोड १८ लाख, पशु पालनका लागि ५ करोड बजेट विनियोजन गरेको बताए। नश्ल सुधारका लागि २ करोड बजेट विनियोजन भएको उनले बताए। कृषिमा यान्त्रीकीकरण र आधुनिकीकरण गर्दै मूल्य श्रृंखलामा आधारित बजारीकरणको व्यवस्था गर्ने योजना अघि सारेको उनले बताए।

यस्तै आगामी वर्षदेखि विद्युत्‌को राष्ट्रिय प्रसारण लाइनको तल खाली रहेको जग्गा उपभोग गर्ने नीति अघि सारेको छ। त्यसका लागि सरकारले गैरकाष्ठजन्य उत्पादन गर्न २ करोडभन्दा बढी बजेट विनियोजन गरेको मास्कीले जानकारी दिए।

बजेटको पूर्णपाठ 

प्रकाशित: १ असार २०८० १७:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 7 =