विद्यालय कर्मचारीको माग तत्काल सम्बोधन गर्न संसद्‌मा सरकारको ध्यानाकर्षण

हिमाल प्रेस १ असार २०८० १२:५९
2.5k
SHARES
विद्यालय कर्मचारीको माग तत्काल सम्बोधन गर्न संसद्‌मा सरकारको ध्यानाकर्षण

काठमाडौँ– सरकारी विद्यालयका कर्मचारीहरूको आन्दोलनप्रति समर्थन गर्दै प्रतिनिधि सभाका सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्। शुक्रबारको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले सरकारलाई विद्यालयका कर्मचारीको मागमा गम्भीर हुन आग्रह गरेका हुन्।

सरकारको ध्यानाकर्षण गराउने क्रममा एमाले सांसद अम्बर बहादुर थापाले विद्यायलका कर्मचारीहरू लामो समयदेखि आन्दोलित भएकोले उनिहरूको मागको सुनुवाइ गर्न सरकारसँग माग गरे।

‘विद्यालयका लेखापाल र कार्यलय सहयोगीहरूले धर्ना दिइरहेका छन्। सरकारले यो व्यवस्था गर्छु भनेर त्यहाँ गएर केही कुरा बोल्दैन। देश भरिका ति विचराहरू अहिले काठमाडौंमा खर्चविहीन भएर भ्रदकालीमा अनसन बसिरहेका छन्,’ सांसद थापाले भने।

यस्तै, एमालेकै सांसद अम्बर बहादुर रायमाझीले पनि सोही विषयमा सरकारको ध्यानाकर्षण गराए। सांसद रायमाझीले सरकारले प्रहरी लाएर दमन गरेको भन्दै विरोध पनि जनाए।

‘देश भरिका विद्यालयका कर्मचारी आज माइतीघर र भद्रकालीमा आन्दोलीत छन्। सरकारले पोलिसको डण्डा लगाएर, प्रकेर थुन्न खोज्छ समस्याको समाधानका लागि सरकारको पहल छैन,’ सांसद रायामाझीले भने, ‘म सभामुखमार्फत् विद्यालयका कर्मचारीको माग यथासिघ्र सम्बाधोन गर्न सरकारको ध्यानाकर्षण गराउँछु।’

यस्तै, सांसद ज्वालाकुमारी साहले सरकारले आवश्यक व्यवस्था किन गर्न नसकेको भन्दै प्रश्न गरिन्। ‘शिक्षक, कर्मचारी र विद्यार्थीको हकमा गुणस्तरीय शिक्षा र दरबन्दीको व्यवस्था सरकारले किन गर्न नसकेको हो?,’ सांसद साहले प्रश्न गरिन्।

विभिन्न माग राख्दै काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेका सामुदायिक विद्यालय कर्मचारीमाथि प्रहरीले बिहीबार हस्तक्षेप गरेको थियो।

नेपाल विद्यार्थी कर्मचारी परिषद्को अगुवाइमा भइरहेको रिले अनसन जारी छ। आन्दोलनका क्रममा बिहीबार प्रदर्शनकारीले भद्रकालीमा रिले अनसन बसेर माइतीघर मण्डला फर्किँदै गर्दा बीच सडकमा बसेर प्रदर्शन गर्न खोज्दा प्रहरीले उनीहरूमाथि हस्तक्षेप गरेको हो। ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका ५ जना विद्यालय कर्मचारीलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ।

कर्मचारीहरूले असार २ गतेसम्म आफ्ना मागहरू सम्बोधन नगरे विद्यालयहरू बन्द गेर्न चेतावनी दिएका छन्। बिहीबार शिक्षकहरूको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको थियो। पाँच जना सामान्य घाइते भएका थिए।

प्रकाशित: १ असार २०८० १२:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + seventeen =