संसद बैठकमा आज तीन मन्त्रालयको बजेटमाथि छलफल हुँदै

हिमाल प्रेस १ असार २०८० १०:२०
8
SHARES
संसद बैठकमा आज तीन मन्त्रालयको बजेटमाथि छलफल हुँदै फाइल तस्बिर।

काठमाडौँ– प्रतिनिधिसभा बैठक शुक्रबार (आज) बिहान ११ बजेदेखि बस्दैछ। नयाँ वानेश्वरस्थित संघीय संसद भवनमा बस्ने बैठकमा आर्थिक वर्ष ०८०/८१ का लागि सरकारले ल्याएको बजेटमाथि मन्त्रालयगत छलफल हुने संसद सचिवालयले जनाएको छ।

आजको बैठकमा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमाथि विनियोजित बजेटमा छलफल हुनेछ।

यी मन्त्रालयमाथि विभिन्न सांसदले खर्च कटौतीको प्रस्तावसमेत पेस गर्नेछन्। बिहीबारको बैठकमा वन तथा वातावरण मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बजेटमाथि छलफल भएको छ।

प्रकाशित: १ असार २०८० १०:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + eleven =