२३औँ वर्षमा आइएमई : रेमिट्यान्स सेवा थप सुरक्षित बनाउने प्रतिबद्धता

हिमाल प्रेस ३१ जेठ २०८० १६:०१
2
SHARE
२३औँ वर्षमा आइएमई : रेमिट्यान्स सेवा थप सुरक्षित बनाउने प्रतिबद्धता

काठमाडौँ- आइएमई ग्रूप स्थापनाको २३औँ वर्षमा प्रवेश गरेको छ। सो अवसरमा ग्रूपले विभिन्न कार्यक्रम गर्दै वार्षिकोत्सव मनाएको हो। ‘निरन्तर सहयात्रा विश्वासको’ नारासहित विशेष कार्यक्रम आयोजना गरिएको आइएमई ग्रूपले जानकारी दिएको छ।

कार्यक्रममा आइएमई लिमिटेड तथा आइएमई ग्रूपका उपाध्यक्षहरू, आबद्ध कम्पनीका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृतहरू, व्यवस्थापन प्रमुखहरूलगायत कर्मचारीको सहभागिता थियो।

आइएमई ग्रूपका सहसंस्थापक एवं प्रबन्ध निर्देशक हेमराज ढकालले आइएमईको व्यावसायिक यात्राबारे जानकारी गराए। ग्राहकको रोजाइ, आवश्यकता तथा बजारको गतिशीलताअनुसार अत्याधुनिक प्रविधि प्रयोग गरी रेमिट्यान्स सेवा थप सुरक्षित बनाइने उनले बताए। रेमिट्यान्स सेवा थप सुरक्षित, परिष्कृत र सहज बनाउँदै लैजानेमा कम्पनी प्रतिबद्ध रहेको उनको भनाइ थियो।

वैधानिक माध्यमबाट रेमिट्यान्स भित्र्याई देशको औपचारिक अर्थतन्त्र निर्माणमा योगदान गर्न आइएमई प्रतिवद्ध रहेको उनले बताए। साथै आफ्ना व्यवसायहरू थप विविधीकरण गर्दै लगानी विस्तार गर्ने उनले बताए।

आइएमई लिमिटेडका सञ्चालक तथा ग्रूपका वरिष्ठ उपाध्यक्ष सुमन पोखरेलले डिजिटल अर्थतन्त्रको इकोसिस्टम प्रर्वद्धन गरी रेमिट्यान्स सेवा थप परिष्कृत, सरल र विविधीकरण गरिने बताए।

कार्यक्रममा कम्पनीमा १० वर्षभन्दा लामो समयदेखि सेवारत कर्मचारी तथा लामो समयदेखि कम्पनीमा आबद्ध भएका एजेन्टलाई सम्मान गरिएको थियो।

त्यसैगरी वार्षिकोत्सवको अवसरमा अयोजना गरिएको अन्तर कम्पनी खेलकुद सप्ताहका विभिन्न प्रतिस्पर्धाका विजेता र उपविजेतालाई प्रमाणपत्र, मेडल र ट्रफी पनि दिइएको थियो।

प्रकाशित: ३१ जेठ २०८० १६:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 10 =