ग्राहकलाई छुट दिन सिटिजन्स बैंकद्वारा विभिन्न संस्थासँग सम्झौता

हिमाल प्रेस ३१ जेठ २०८० १५:४२
2
SHARE
ग्राहकलाई छुट दिन सिटिजन्स बैंकद्वारा विभिन्न संस्थासँग सम्झौता

काठमाडौँ- सिटिजन्स बैंक इन्टरनेसनलले आफ्ना ग्राहकलाई छुट दिने उद्देश्यले विभिन्न संस्थासँग सम्झौता गरेको छ। बैंकका ग्राहकले वीरगञ्जस्थित आदर्शनगरको औरा इलेभेन, सप्तरीको कञ्चनरूपमा रहेको एमडी हेल्थ केयरलगायतसँग सम्झौता गरेको हो।

सम्झौतअनुसार बैंकका ग्राहकले औरा इलेभेनमा १५ प्रतिशत र एमडी हेल्थ केयरमा १० प्रतिशतसम्म छुट पाउनेछन्। त्यस्तै सप्तरीको बोदेबर्साइन लाइफ केयर पोलिक्लिनिकका सेवामा १७ प्रतिशतसम्म छुट दिनेगरी सम्झौता गरिएको बैंकले जानकारी दिएको छ।

त्यस्तै नवलपुरको कावासोतीमा रहेको कालिगण्डकी नारायणी सामुदायिक हस्पिटलका सेवामा बैंकका ग्राहकले १५ प्रतिशतसम्म छुट पाउने गरी सम्झौता गरिएको बैंकको भनाइ छ। सम्झौताले बैंकले डिजिटल बैंकिङको प्रयोग बढाउने अपेक्षा गरिएको छ।

प्रकाशित: ३१ जेठ २०८० १५:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =