तनहुँमा बोराभित्र मृत भेटिएकी महिलाको सनाखत

हिमाल प्रेस ३१ जेठ २०८० १३:१५
22
SHARES
तनहुँमा बोराभित्र मृत भेटिएकी महिलाको सनाखत प्रतीकात्मक तस्बिर।

तनहुँ– तनहुँको व्यास नगरपालिका-४ स्थित चिहान डाँडानजिकको नालामा बोराभित्र मृत फेला परेकी महिलाको सनाखत भएको छ।

मंगलबार बिहान चिहानडाँडास्थित सुवर्ण कच्ची सडकको कुनामा रहेको ढलको पानीका लागि बिछ्याइएको ह्युमपाइपमा बोराभित्र फेलापरेकी अन्दाजी २५-३० वर्षीया महिलाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

मृतक महिला व्यास नगरपालिका-१४ छाब्दी निवासी रहेको प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहन खाणले जानकारी दिए।

उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। ‘मृतकको सनाखत भएको छ। १ जनालाई अनुसन्धान गरिरहेका छौं। पूरा विवरण आज दिउँसोसम्ममा सार्वजनिक गर्छौं,’ उनले भने।

अनुसन्धान प्रक्रियाका कारण मृतक महिलाको नाम र पक्राउ परेका व्यक्तिको नाम अहिले सार्वजनिक नगरिएको डीएसपी खाणले बताए। बोराभित्र हात बाँधिएको अवस्थामा ती महिला मृतावस्थामा फेला परेकी थिइन्। उक्त बाटो हिँडडुल गर्ने स्थानीयवासीले गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए।

प्रकाशित: ३१ जेठ २०८० १३:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 14 =