सुदूरपश्चिम : सरकारको नीति तथा कार्यक्रम पारित

हिमाल प्रेस ३० जेठ २०८० २१:२०
सुदूरपश्चिम : सरकारको नीति तथा कार्यक्रम पारित

धनगढी- सुदूरपश्चिम प्रदेशसभाको मंगलबारको बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०÷८१ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ।

नीति तथा कार्यक्रममाथिको छलफल सकिएपछि सभामुख भीमबहादुर भण्डारीले बैठकमा निर्णयार्थ पेस गरेपछि बहुमतले पारित भएको हो। यसअघि मुख्यमन्त्री कमलबहादुर शाहले नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै प्रदेश बनाउने सवालमा सबैसँग हातेमालो गरी अगाडि बढ्न सरकार तयार रहेको बताएका थिए।

उनले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, ऊर्जालाई प्राथमिकतामा राखेर सोहीबमोजिमको वार्षिक बजेट तुर्जमा भइरहेको जानकारी दिए। उनले विगतको सरकारले ल्याएका कतिपय असल अभ्यास एवं कार्यक्रमलाई सरकारले आफ्नो नीति कार्यक्रममा समावेश गरेको बताए।

बैठकको प्रारम्भमा नीति कार्यक्रममाथि भएको छलफलमा प्रदेशसभा सदस्य जानकीदेवी कुँवर, जानकीदेवी ऐर बम, टीका थापा, देवानसिंह विष्ट, हीरा सार्की, बेलबहादुर रानामगर, गीताकुमारी चौधरीले भाग लिएका थिए।

प्रकाशित: ३० जेठ २०८० २१:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 15 =