पूर्वी र मध्यपहाडी भू-भागमा हल्का वर्षाको सम्भावना, तराईमा केही दिन तापक्रम नघट्ने

हिमाल प्रेस २८ जेठ २०८० ६:२७
4
SHARES
पूर्वी र मध्यपहाडी भू-भागमा हल्का वर्षाको सम्भावना, तराईमा केही दिन तापक्रम नघट्ने

काठमाडौँ– आइतबार (आज) कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी प्रदेशको पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको भइरहेको छ।

हाल देशमा पश्चिमी वायुका साथै बंगालको खाडीको जलवाष्फयुक्त हावा र बिहार आसपास भएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेकाले मौसममा यस्तो बदली देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

राति कोशी, बागमती र गण्डकी प्रदेशका सीमित स्थान साथै मधेश प्रदेशलगायत देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै मधेश प्रदेश साथै तराईका अधिकांश स्थानको तापक्रम अजै केही दिन नघट्ने पनि महाशाखाको भनाइ छ।

प्रकाशित: २८ जेठ २०८० ६:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =