एकताबद्ध भएर अघि बढ्न पार्टी कार्यकर्तालाई देउवाको निर्देशन

हिमाल प्रेस २७ जेठ २०८० १४:२५
4
SHARES
एकताबद्ध भएर अघि बढ्न पार्टी कार्यकर्तालाई देउवाको निर्देशन

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता, कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न निर्देशन दिएका छन्। पार्टीमा योग्य, जुझारु र गतिशील नेता, कार्यकर्तालाई उचित जिम्मेवारी दिन आफू प्रतिबद्ध रहेको भन्दै उनले त्यसका लागि सबै एकढिक्का हुनुपर्ने बताएका हुन्।

शनिबार कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा उनले प्रजातन्त्र संकटमा पर्न नदिन पनि नेपाली कांग्रेसलाई बलियो बनाउन आवश्यक रहेको बताए।

कांग्रेसलाई बलियो बनाउन देशभर संगठन निर्माणको अभियान सञ्चालन गर्न पनि उनले पार्टीका नेता कार्यकर्तालाई आग्रह गरे। ‘अहिलेको बेला नेपाली कांग्रेस पार्टीलाई जिल्ला सम्मेलनमार्फत हरेक जिल्लामा हामीले पार्टीको संगठनलाई गाउँगाउँमा, घरघरमा, वडावडामा पुर्‍याएर मजबूत बनाउने काममा सबैलाई सफलता मिलोस,’ उनले भने, ‘यसो गरियो भने देशभरी नै संगठन बलियो भएर जानेछ। हाम्रो पार्टी ऐतिहासिक पार्टी छ। २००७ सालदेखि लड्दै आएको पार्टी हो। यो पार्टी ग्रासरुट, गाउँसम्म, वडासम्म, टोलसम्म पु¥याएर यो पार्टी मात्रै प्रजातन्त्रलाई अझ बलियो बनाउने यो पार्टी जति बलियो हुन्छ, जति समक्ष हुन्छ। त्यतिनै मात्रामा देशमा प्रजातन्त्र सुदृढ भएर जान्छ।’

प्रकाशित: २७ जेठ २०८० १४:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 1 =