चाडपर्व सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दताका धरोहर : देउवा

हिमाल प्रेस ३ मंसिर २०८० ८:२५
10
SHARES
चाडपर्व सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दताका धरोहर : देउवा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै चाडपर्वहरू सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दताका धरोहर रहेका बताएका छन्।

छठ पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उनले चाडपर्वले सामुहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्‍याएको बताए।

छठ नेपालको तराई क्षेत्रमा बसोबास गर्ने नेपालीले अतिश्रद्धाका साथ सूर्य भगवानको आराधना गरेर मनाउने महत्वपूर्ण र पवित्र पर्व हो। सभापति देउवाले यस पर्वका अवसरमा सम्पूर्णमा सुख, शान्ति, समृद्धि र सफलताको शुभकामना व्यक्त गरेका छन्।

उनले नेपाल विभिन्न चाडपर्व, धार्मिक एवं सांस्कृतिक रितिरिवाज भएको मुलुक भएको उल्लेख गर्दै यी प्रत्येक धार्मिक र सांस्कृतिक रितिरिवाजलाई सबैले आदर र सम्मान गर्ने नेपालीको आफ्नै सद्भावयुक्त परम्परा रहेको बताएका छन्।

सभापति देउवाले छठ पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सृजना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्ने अपेक्षासहित शुभकामना व्यक्त गरेका छन्।

प्रकाशित: ३ मंसिर २०८० ८:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + seventeen =