महाकाली नदी किनारमा पुरुषको शव फेला

हिमाल प्रेस २७ जेठ २०८० १३:५१
4
SHARES
महाकाली नदी किनारमा पुरुषको शव फेला प्रतिनिधिमूलक तस्बिर

बैतडी– बैतडीमा महाकाली किनारमा आज १ पुरुषको शव फेला परेको छ। शिवनाथ गाउँपालिका-२ खैरेनी नजिक महाकाली नदी किनारमा पहिचान हुन नसकेको १ पुरूषको शव फेला परेको हो।

स्थानीय बासिन्दाले शव देखेपछ प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।

प्रहरी निरीक्षक खत्रीको नेतृत्वमा अहिले प्रहरी टोली घट्नास्थलतर्फ गएको छ।

प्रकाशित: २७ जेठ २०८० १३:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + five =