०८४ मा रास्वपा अगाडि आउने देखेपछि अरू दल बाधा खडा गर्दैछन् : रवि लामिछाने

हिमाल प्रेस २७ जेठ २०८० १२:५१
4
SHARES
०८४ मा रास्वपा अगाडि आउने देखेपछि अरू दल बाधा खडा गर्दैछन् : रवि लामिछाने फाइल तस्बिर।

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टीले ०८४ मा सबैखाले चुनाव जित्ने देखेपछि अरू दलहरूले बाधा खडा गर्न खोजेको जिकिर गरेका छन्।

काठमाडौँमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। रास्वपाको बाटो अब सहज हुन्छ भन्ने जनताले देखाइदिए पनि विभिन्न ठाउँबाट अन्य दलहरूले घेराबन्दी गरिरहेको उनको भनाइ छ।

‘रास्वपाको बाटो अब सहज छ, ०८४ मा हामी अघि बढिन्छ। नेपाली जनताले देखाएको बाटो सहज छ तर सम्पूर्ण दलहरूले यो बाटोमा जुन घेराबन्दी गर्दैछन्, सातो जाने खालको छ तर हामी डराउँदैनौं। ०८४ मा रास्वपाको अवस्था कस्तो हुन्छ भन्नेकुरा आम जनताले घरघरमा महशुस गर्नुभएको छ,’ उनले भने।

पूर्वगृहमन्त्रीसमेत रहेका उनले आफ्नो पार्टीले राजनीतिक अडानका रूपमा लिएका मुद्दालाई पूरा गरेरै छोड्ने प्रतिबद्धता व्यक्त गरे।

०८४ सालमा हुने निर्वाचनमा एक दलले अर्को दललाई स्वीकार गरेर रास्वपालाई सबै चुनावमा जिताउन पनि उनले आग्रह गरे। अहिलेको अवस्थामा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा नागकिरता विधेयक प्रमाणीकरण गर्नु गलत भएको उनले तर्क गरे।

प्रकाशित: २७ जेठ २०८० १२:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 10 =