ग्लोबल आइएमईका ग्राहकलाई लुम्बिनी केबलकारको टिकटमा १० प्रतिशत क्यासब्याक

हिमाल प्रेस २६ जेठ २०८० १५:४९
ग्लोबल आइएमईका ग्राहकलाई लुम्बिनी केबलकारको टिकटमा १० प्रतिशत क्यासब्याक

बुटवल– ग्लोबल आइएमई बैंकका ग्राहकले बुटवलमा रहेको लुम्बिनी केबलकारको टिकटमा १० प्रतिशत क्यासब्याक पाउने भएका छन्। बैंकको मोबाइल एप्लिकेसन ‘ग्लोबल स्मार्ट प्लस’का प्रयोगकर्ताले क्यूआरमार्फत भुक्तानी गर्दा र डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताले टिकट खरिदमा १० प्रतिशत वा अधिकतम एक सय रुपैयाँ क्यासब्याक पाउनेछन्।

आइएमई समूहको लगानीमा बनेको लुम्बिनी केवलकार बुटवलको गोलपार्क बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ वसन्तपुरसम्म चल्नेछ। ३ किलोमिटर दुरीको केबलकार बिहीबारदेखि औपचारिकरूपमा सुरु भएको हो।

प्रकाशित: २६ जेठ २०८० १५:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =