बजेटले अर्थतन्त्रको समस्या स्वीकार गरेको छ : अर्थमन्त्री महत

हिमाल प्रेस २६ जेठ २०८० १३:३४
4
SHARES
बजेटले अर्थतन्त्रको समस्या स्वीकार गरेको छ : अर्थमन्त्री महत

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटले अर्थतन्त्रमा देखिएको समस्या स्वीकार गरेको बताएका छन्। राष्ट्रियसभामा बजेटबारे उठेका प्रश्नको शुक्रबार जबाफ दिँदै मन्त्री महतले अर्थतन्त्रको समस्या समाधानका लागि बजेटले राम्रो सुरुवात गरेको बताएका हुन्।

‘कतिपय आयोजनामा छुट्याइएको बजेट अस्वाभाविक छ। ठूलो आयोजनालाई निकै कम बजेट दिइएको छ,’ उनले भने, ‘एकै पटक धेरै बजेट दिनलाई स्रोतको अभाव छ, अर्थतन्त्रमा समस्या छ, सबैले यो कुरा बुझ्नुपर्‍यो।’

आफूलाई सानो आयोजनामा बजेट वितरण गर्न नपरोस् भन्ने लागेको भए पनि बाध्यताले सानासाना आयोजनामा बजेट दिनुपरेको उनले बताए। महतले भने, ‘बजेटलाई कनिका जसरी छर्नु हुँदैन्थ्यो, तर एकैपटक सुधार गर्न गाह्रो भयो।’ विद्युतीय सवारी साधनमा क्षमताअनुसार समानरूपमा कर लागू गरिएको मन्त्री महतको भनाइ छ।

विभिन्न नाममा छुटका दायरा बढ्दा मुलुकले अपेक्षित राजस्व प्राप्त गर्न नसक्ने मन्त्री महतले बताए। ‘आफू र आफ्नो व्यवसायलाई छुट प्राप्त नभएपछि अनेक चलखेल गरियो,’ उनले भने, ‘मैले राजस्व दायरा बढाउने र कसैलाई पनि काखापाखा गरेको छैन, मुलुकको विकासलाई केन्द्रमा राखेको छु।’

प्रकाशित: २६ जेठ २०८० १३:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 15 =