मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति साहको निधन

हिमाल प्रेस २५ जेठ २०८० ११:२४
8
SHARES
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति साहको निधन

जनकपुर– मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहको निधन भएको छ।

भारतको नयाँ दिल्लीमा उपचाररत ६९ वर्षीय डा. साहको बिहीबार (आज) बिहान निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ। उपकुलपति साह २ महिनादेखि फोक्सोको क्यान्सरबाट पीडित थिए।

उपकुलपति साहको काठमाडौँमा उपचार सम्भव नभएपछि भारतको नयाँ दिल्ली लगिएको थियो। उनी नशा तथा हाडजोर्नी रोग विशेषज्ञसमेत थिए। डा. साहलाई मधेश प्रदेश सरकारले ०७७ माघ १८ गते प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − five =