सुदूरपश्‍चिमको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै

हिमाल प्रेस २४ जेठ २०८० ११:४९
6
SHARES
सुदूरपश्‍चिमको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै

धनगढी– सुदूरपश्चिम प्रदेशसभामा आज प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम बुधबार (आज) प्रस्तुत हुँदैछ।

अपराह्न ४ बजेपछि बस्ने प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख देवराज जोशीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।

प्रदेशसभाको बैठकमा सरकारको विनियोजन विधेयक २०८०/८१ का सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकिएपछि आज नीति कार्यक्रम प्रस्तुत गर्न लागिएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 6 =