गण्डकी सरकारले दियो तनहुँका कृषकलाई माहुरी सहितको घार

हिमाल प्रेस २४ जेठ २०८० ९:२९
8
SHARES
गण्डकी सरकारले दियो तनहुँका कृषकलाई माहुरी सहितको घार फाइल तस्बिर।

तनहुँ– कृषि ज्ञान केन्द्र तनहुँले समूहमा आबद्ध भएका कृषकलाई १ सय ५३ माहुरी सहितको घार वितरण गरेको छ। आँबुखैरेनी, म्याग्दे, बन्दीपुर गाउँपालिकामा ४६ वटाका दरले र ऋषिङमा १५ वटा गरी कृषकलाई माहुरी सहितको घार वितरण गरेको हो।

आँबुखैरेनी-४ खस्राङ गाउँका कृषक समूहमा आबद्ध २६ कृषकलाई ९० प्रतिशत अनुदानमा ४६ वटा माहुरी सहितको घार प्रदान गरेको हो। कृषकलाई माहुरीसहित घार, स्ट्यान्ड, पन्जा, धुवादानी, टोपी, महदानीलगायत सामग्री प्रदान गरेको कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख कुल तिवारी जानकारी दिए।

यसैगरी म्याग्दे गाउँपालिका-४ स्थित छिम्लीस्वाँरा कृषक समूहमा आबद्ध भएका कृषकलाई ४६ वटा माहुरी सहितको घार वितरण गरिसकेको सो कार्यालयले जनाएको छ। ग्रामीण पोषण सुरक्षा कार्यक्रमअन्तर्गत उक्त क्षेत्रका कृषकलाई ९० प्रतिशत अनुदानमा माहुरी सहितको घार वितरण गरिएको उनले बताए।

यस्तै बन्दीपुर गाउँपालिका-२ हलथुम्काका विपन्न, गरिब र न्यून आएका भएका ४६ परिवारलाई माहुरी सहितको घार वितरण गरेको छ। विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रमअन्तर्गत ऋषिङ गाउँपालिका-४ भीरकोटमा १५ वटा माहुरी सहितको घार वितरण गरेको केन्द्रले जनाएको छ।

कृषकलाई माहुरीपालनतर्फ आकर्षित गर्दै उनीहरूलाई आयआर्जनमुखी बनाउने उद्देश्यले सरकारले कृषकलाई अनुदानमा माहुरी सहितको घार वितरण कार्य गर्दै आएको उनले बताए। मह उत्पादन गरी कृषकको आयआर्जनमा सहयोग पुर्‍याउन माहुरी सहितको घार वितरण कार्यलाई प्राथमिकता दिएको केन्द्रले जनाएको छ।

प्रकाशित: २४ जेठ २०८० ९:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 10 =