बजाजको २५ वर्ष ‘लिडरसिप’ योजना सम्पन्न

हिमाल प्रेस २३ जेठ २०८० १७:५२
2
SHARE
बजाजको २५ वर्ष ‘लिडरसिप’ योजना सम्पन्न

काठमाडौँ- बजाजको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले २५ वर्ष लिडरसिप योजना सम्पन्न गरेको छ। कम्पनीले आफ्नो रजत जयन्तीको अवसरमा सुरु गरेको ‘नेपालमा आफ्नो लिडरसिपको २५ वर्ष क्याम्पेन’ सम्पन्न गरेको हो।

उक्त क्याम्पेन अघिल्लो वर्ष २०७८ को सुरुवातमा नयाँ वर्षको अवसरमा सुरु गरेको थियो। उक्त अभियानमा विभिन्न कार्यक्रमअन्तर्गत ग्राहकलाई छुटलगायतका सुविधा उपलब्ध गराएको थियो।

अभियानमा २५ प्रतिशत डाउन पेमेन्टमा फाइनान्सिङको विकल्प, १० हजार रुपैयाँसम्मको स्योर सट नगद छुट र लक्की ड्रमार्फत २५ जना ग्राहकले १ केजी चाँदी जित्ने अवसर समावेश थियो।

अभियानबारे कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले नेपाली बजारलाई २५ वर्षदेखि अटुट सेवा प्रदान गर्न पाउँदा निकै खुसी लागेको बताए। उनले आफ्ना सेवामा भविष्यमा थप उत्कृष्टता प्रदान गर्ने प्रतिबद्धता पनि गरे।

प्रकाशित: २३ जेठ २०८० १७:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =