ब्राजिलको टोलीमा परेनन् नेयमार र कासेमिरो

हिमाल प्रेस ३० वैशाख २०८१ ८:०६
20
SHARES
ब्राजिलको टोलीमा परेनन् नेयमार र कासेमिरो

काठमाडौँ- नेयमार, कासेमेरो, रिचार्लिसन, गाब्रियल जेसुस र एन्टोनीलाई बाहिर राख्दै ब्राजिलले कोपा अमेरिका खेल्ने टोली घोषणा गरेको छ।

ब्राजिल एफएले प्रतियोगिताको एक महिनाअघि नै टोली घोषणा गरेको हो। जसमा ७५ खेल खेलेका म्यानचेष्टर युनाइटेडका ३२ वर्षीय कासेमिरो समावेश छैनन्।

प्रशिक्षक डोरिभार जिआरले २३ सदस्यीय टोलीका साउदी प्रो लिग खेलिरहेका नेयमारलाई पनि समावेश गरेका छैनन्। लामो समय घाइते भइ मैदान बाहिर रहेका नेयमार फर्कने अवस्थामा छन्। नेयरमारले ब्राजिलबाट १२८ खेलबाट ७९ गोल गरिसकेका छन्।

यसैगरी टोटनहमबाट खेलिरहेका स्ट्राइकर रिचार्लिसन, आर्सनलका गाब्रियल तथा युनाइटेडका एन्टोनीलाई पनि समावेश गरेका छैनन्।

म्यानचेष्टर सिटीका गोलकिपर एन्डर्सन र लिभरपुलका एलिसन टोलीमा छन्। यसैगरी आर्सनलका रक्षक गाब्रियल र स्ट्राइकर गाब्रियल मार्टिनेली समावेश छन्।

न्युक्यासलका मिडफिल्डर ब्रुनो गुइमारेज, एस्टन भिल्लाका डुग्लास लुइस, फुलहमका आन्द्रेस परेरा, उल्भ्सका जोआओ गोमेस र वेष्ट हमका लुकास पाक्वेटा टोलीमा स्थान बनाउन सफल भए।

युवा खेलाडी जो रियाल मड्रिडरमा यसै सिजनसँगै अनुबन्ध हुँदैछन् एन्ड्रिकले पनि टोलीमा स्थान पाएका छन्।

टोलीमा रियालबाट उत्कृष्ट प्रदर्शन गरिरहेका भिनिसियर जुनियर, रोड्रिगो, मालिटाओ, साथै बार्सिलोनाको राफिन्हा, पीएसजीका माक्र्विन्होस, युभेन्ट्सका डानिलो पनि छन्।

प्रकाशित: ३० वैशाख २०८१ ८:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =