नेपालमा बजाजका दुई नयाँ बाइक

हिमाल प्रेस २१ असार २०८० २१:४३
18
SHARES
नेपालमा बजाजका दुई नयाँ बाइक

काठमाडौँ- नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक विक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी (गोल्छा ग्रूप)ले दुई नयाँ बाइक नेपाली बजारमा ल्याएको छ।

कम्पनीले पल्सर एनएस २०० र पल्सर एनएस १६० नेपाली बजारमा सार्वजनिक गरेको हो। उक्त दुवै बाइकले नेपाली राइडरहरूलाई नयाँ अनुभव दिने कम्पनीले जानकारी दिएको छ।

ग्रूपका निर्देशक अभिमन्यु गोल्छाले उक्त दुवै बाइक बजारमा ल्याउन पाउँदा खुसी लागेको बताए। ‘नयाँँ नयाँँ विशेषतासहितको अत्याधुनिक बाइकहरू ल्याएर हाम्रा राइडरहरूको राइडिङ अनुभवलाई निरन्तर परिष्कृत गर्दै लैजाने हाम्रो प्रतिवद्धता रहनेछ,’ उनले भने, ‘बजाजका यी नयाँँ बाइकहरूले सधैझैँ नेपाली राइडरहरूको विश्वास जित्ने अपेक्षा हामीले गरेका छौा।’

कम्पनीका अनुसार पल्सर एनएस २०० यूएसडीमा १९९.५ सीसीको लिक्विड कुल्ड तथा फ्युल इन्जेक्सन टेक्नोलोजीसहितको अत्याधुनिक बीएसबीआई इन्जिन रहेको छ। यस मोटरबाइकले ९७५० आरपीएममा २४.५ पीएसको पावर आउटपुट र ८००० आरपीएममा १८.७४ एनएमको टर्क प्रदान गर्ने कम्पनीको भनाइ छ।

त्यस्तै पल्सर एनएस १६० यूसडीमा १६०.३ सीसीको आयल कुल्ड तथा फ्युल इन्जेक्सन टेक्नोलोजी सहितको बीएसभीआई इन्जिन रहेको छ। ९००० आरएमपीमा १७ पीएसको अधिकतम पावर र ७२५० आरएमपीमा १४.६ एनएमको टर्क प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ।

नेपाली बजारमा यी दुवै बाइकको मूल्य क्रमशः ४ लाख २४ हजार ९०० रुपैयाँ र ३ लाख ८४ हजार ९०० रुपैयाँ रहेको छ।

प्रकाशित: २१ असार २०८० २१:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =