काठमाडौँ- प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज (आइतबार) बस्दैछ।
प्रतिनिधिसभा बैठक बिहान ११ बजेबाट सुरु हुन्छ भने राष्ट्रियसभा बैठक दिउँसाे १ बजेबाट सुरु हुनेछ।
आजको बैठकमा दुवै सदनमा सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि प्रस्तुत गरेको बजेटबारे छलफल हुनेछ।
सरकारले गत जेठ १५ गते आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेको थियो। बैठकमा बजेटमाथि सांसदहरूले धारणा राख्नेछन्।
प्रकाशित: २१ जेठ २०८० ९:०९
प्रतिक्रिया