ओडिशा रेल दुर्घटनामा २ सय ३३ यात्रुको मृत्यु, ९ सय बढी घाइते

हिमाल प्रेस २० जेठ २०८० ७:५८
8
SHARES
ओडिशा रेल दुर्घटनामा २ सय ३३ यात्रुको मृत्यु, ९ सय बढी घाइते

काठमाडौँ– भारतको ओडिशा राज्यको बालासोर जिल्लानजिकै शुक्रबार भएको रेल दुर्घटनामा परी २२३ यात्रुको मृत्यु भएको छ। दुर्घटनामा परी ९ सय भन्दा बढी यात्रु घाइते भएको बीबीसी हिन्दीले जनाएको छ।

हावडा-चेन्नई कोरोमन्डल एक्सप्रेस मालगाडीसँग ठोक्किएपछि दुर्घटना भएको हो। अर्कोतर्फबाट आउँदै गरेको यशवंतपुर-हावडा सुपरफास्ट रेल पनि ठोक्किएको थियो ।

ओडिशाका मुख्य सचिव प्रदीप जेनाले ट्वीट गर्दै यस दुर्घटनामा मृत्यु हुनेको संख्या २३३ पुगेको जानकारी दिएका छन्। दुर्घटनामा परी करिब ९०० जना घाइते भएको बताइएको छ।

भारतका रेलमन्त्री अश्विनी वैष्णव आफैं दुर्घटनास्थल पुगेका छन्। उनले ट्वीट गर्दै दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका आफन्तलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन्।

प्रकाशित: २० जेठ २०८० ७:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + fifteen =