नागरिकता विधेयक प्रमाणीकरण गर्नु संसदमाथिको नांगो प्रहार : उपाध्यक्ष नेम्वाङ

हिमाल प्रेस १८ जेठ २०८० २१:०१
2
SHARE
नागरिकता विधेयक प्रमाणीकरण गर्नु संसदमाथिको नांगो प्रहार : उपाध्यक्ष नेम्वाङ

काठमाडौँ- नेकपा(एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपतिले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्नु संसदमाथिको नांगो प्रहार भएको बताएका छन्। उनले राष्ट्रपतिबाट नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण हुनु जनताको अधिकारमाथि र संसदमाथि नांगो प्रहार भएको बिहीबार बताएका हुन्।

नागरिकता विधेयकलाई प्रमाणीकरण गरेर संविधान, कानुन, स्थापित अभ्यास र संसदीय परिपाटीले नचिनेको बाटो हिँड्ने काम भएको उनको भनाइ थियो। नागरिक विधेयक प्रमाणीकरणले संसदलाई छेउ पार्ने काम गरिएको उनले बताए।

उपाध्यक्ष नेम्वाङले अघिल्लो प्रतिनिधिसभाको कार्यकालमै तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक प्रमाणीकरणका लागि पेस हुँदा समेत १५ दिनभित्र प्रमाणीकरण नगरेको उल्लेख गर्दै उनले विधेयक उतिबेलै निस्क्रिय भएको बताए।

निस्क्रिय भएको विधेयकलाई मन्त्रिपरिषद्ले प्रमाणीकरणका लागि सिफारिस गर्न नमिल्ने उनको तर्क छ। त्यस्तै नयाँ प्रतिनिधिसभा समेत आइसकेको अवस्थामा संसदबाट सभामुख र राष्ट्रियसभा अध्यक्षले सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्थाको समेत उल्लंघन भएको उनले बताए।

‘संविधानले, कानूनले, हाम्रो स्थापित अभ्यासले, संसदीय परिपाटीले नचिनेको बाटो हिँड्ने काम भयो,’ उनले भने, ‘जनताको अधिकारमाथि प्रहार गर्ने काम भयो। जनप्रतिनिधिमूलक संस्थालाई छेउमा पार्ने काम भयो। कुना पार्ने काम भयो। यो गलत हो।’ न्युज एजेन्सी नेपाल

प्रकाशित: १८ जेठ २०८० २१:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 6 =