नक्कली शरणार्थी प्रकरण : रायमाझीको सकियो, खाण र रिजालको बयान शुक्रबार

हिमाल प्रेस १८ जेठ २०८० १९:५१
22
SHARES
नक्कली शरणार्थी प्रकरण : रायमाझीको सकियो, खाण र रिजालको बयान शुक्रबार शरणार्थी प्रकरणमा थुनामा रहेका खाण र रायमाझी।

काठमाडौँ- नक्कली शरणार्थी प्रकरणमा आरोपितहरूको बयान जारी छ। बिहीबार पूर्वउपप्रधानमन्त्री तथा एमालेका नेता टोपबहादुर रायमाझी, पूर्वसांसद आङटावा शेर्पा र हज समितिका अध्यक्ष शमशेर मियाँको बयान सकिएको छ।

अब शुक्रबार पूर्वगृहमन्त्री बालकृष्ण खाण र भुटानी शरणार्थी नेता टेकनाथ रिजालको बयान हुनेछ।
जिल्ला अदालत काठमाडौँमा बयान भइरहेको छ। यस प्रकरणमा पक्राउ परेका १७ मध्ये १५ जनाको बयान सकिएको छ। १३ जना अझै फरार छन्।

प्रकाशित: १८ जेठ २०८० १९:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 5 =