नक्कली शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १० पुग्यो

हिमाल प्रेस २६ वैशाख २०८० १८:२७
254
SHARES
नक्कली शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १० पुग्यो इन्द्रजित राई। उनी पूर्वगृहमन्त्री थापाका सुरक्षा सल्लाहकार हुन्। राई अहिले प्रहरी हिरासतमा छन्।

काठमाडौँ- नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा थप दुई जनालाई पक्राउ गरेको छ। आज मंगलबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले रामशरण केसी र गोविन्द चौधरीलाई नियन्त्रणमा लिएसँगै पक्राउ पर्नेको संख्या १० पुगेको हो।

आज पक्राउ परेका केसी र चौधरी नक्कली शरणार्थी प्रकरणमा विचौलियाको रुपमा काम गर्ने गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ।

यसै प्रकरणमा प्रहरीले पूर्वगृहसचिव तथा हाल उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ, सन्दीप रायमाझी पक्राउ गरिसकेको छ। नेकपा एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीविरुद्ध पक्राउ जारी भइसकेको छ। उनी फरार सूचीमा छन्।

प्रकाशित: २६ वैशाख २०८० १८:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 3 =