सिटिजन्स बैंकका ग्राहकलाई ब्लुबर्ड इन्टरनेसनल क्लिनिकमा छुट

हिमाल प्रेस १८ जेठ २०८० १८:१८
2
SHARE
सिटिजन्स बैंकका ग्राहकलाई ब्लुबर्ड इन्टरनेसनल क्लिनिकमा छुट

काठमाडौँ- सिटिजन्स बैंक इन्टरनेसनल र थापाथलीमा रहेको ब्लुबर्ड इन्टरनेसनल क्लिनिकबीच सम्झौता गरिएको छ। बैंकका ग्राहकलाई छुट दिने उद्देश्यले दुई पक्षीय सम्झौता गरिएको हो। सम्झौताअनुसार बैंकका बार्डबाहक ग्राहकले क्लिनिकका सेवामा १० प्रतिशत छुट पाउनेछन्।

उक्त सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने र नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास लिइएको बैंकले बताएको छ। सिटिजन्स बैंक इन्टरनेसनलले हाल १८३ शाखा, ३ विस्तारित काउन्टर, १४० एटीएमलगायतबाट सेवा दिँदै आएको छ।

प्रकाशित: १८ जेठ २०८० १८:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =