संयुक्त राष्ट्र संघले मनायो अन्तर्राष्ट्रिय शान्ति सेना दिवस

हिमाल प्रेस १२ जेठ २०८० १७:०४
14
SHARES
संयुक्त राष्ट्र संघले मनायो अन्तर्राष्ट्रिय शान्ति सेना दिवस

काठमाडौँ- संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय शान्ति सेना दिवस मनाएको छ। संघले मे २५ मा हरेक वर्ष शान्ति सेना दिवस मनाइँदै आएको छ।

सन् १९४८ इजरायल–अरब युद्धविराम सम्झौता कार्यान्वयनको पर्यवेक्षण गर्न मध्यपूर्वमा सैन्य पर्यवेक्षक तैनाथ गर्ने ऐतिहासिक निर्णय गरिएको थियो। जुन पछि गएर संयुक्त राष्ट्र संघको शान्ति सेना बन्यो।

स्थापनाको ७५औँ वर्षसम्म आइपुग्दा १२५ देशका २० लाखभन्दा बढी सेनाले यसमा सहभागिता जनाइसकेका छन्। त्यसका साथै विश्वभरका ७१ वटा अपरेशमा भाग लिइसकेका छन्।

अहिले ८७ हजार महिला तथा पुरुषले एसिया, युरोप र मध्य पूर्व गरेर १२ हिंसात्मक घटनाका क्षेत्रमा काम गरिरहेका छन्।

नेपाल शान्ति सेनाको दोस्रो ठूलो योगदानकर्ता भएको छ। सेना र प्रहरी गरेर संयुक्त राष्ट्र संघको उक्त कार्यक्रममा ६ हजार २०० सहभागी भइसकेका छन्।

संयुक्त राष्ट्र संघको मुख्यालयमा आयोजित समारोहमा महासचिव एन्टोनियो गुटेरेसले सन् १९४८ देखि हालसम्म आफ्नो ज्यान गुमाएका ४ हजार २०० भन्दा बढी राष्ट्रसंघीय शान्ति सैनिकको सम्मानमा माल्यार्पण गरे। समारोहमा गत वर्ष शान्ति अभियानको क्रममा ज्यान गुमाएका १०३ सैनिक, प्रहरी र नागरिकलाई मरणोपरान्त पुरस्कृत गरिएको थियो।

 

प्रकाशित: १२ जेठ २०८० १७:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =