कांग्रेस प्रचार विभाग प्रमुखमा मीन विश्वकर्मा मनोनीत

हिमाल प्रेस १२ जेठ २०८० १३:४२
36
SHARES
कांग्रेस प्रचार विभाग प्रमुखमा मीन विश्वकर्मा मनोनीत

काठमाडौँ- नेपाली कांग्रेसले पार्टीको प्रचार विभाग प्रमुखमा केन्द्रीय सदस्य मीन विश्वकर्मालाई मनोनीत गरेको छ। पार्टीको महाधिवेशन सकिएको डेढ वर्षपछि सभापति शेरबहादुर देउवाले प्रचार विभाग प्रमुखमा विश्वकर्मालाई मनोनीत गरेका हुन्। विधानबमोजिम महाधिवेशन भएको ६ महिनाभित्र विभागहरू गठन गरिसक्नुपर्ने विधानमा व्यवस्था भए पनि देउवाले अहिलेसम्म कुनै पनि विभाग गठन गरेका थिएनन्।

कांग्रेसमा प्रचार विभाग प्रमुख नै पार्टी प्रवक्ता रहने अभ्यास थियो। तर यसपटक भने देउवाले पार्टीका प्रवक्तामा अर्थमन्त्रीसमेत रहेका प्रकाशशरण महतलाई कायमै रहने गरी प्रचार विभाग प्रमुखमा विश्वकर्मालाई जिम्मेवारी दिएका हुन्।

प्रचार विभाग प्रमुख बनेका विश्वकर्मा सभापति देउवानिकट नेता हुन्। विश्वकर्मालाई देउवाले केन्द्रीय सदस्यमा पनि मनोनीत नै गरेका हुन्। पार्टीको १४औं महाधिवेशनमा सहमहामन्त्रीका आकांक्षी थिए। तर पछि उनले कुनै पदमा पनि उम्मेदवारी दिएनन्।

प्रकाशित: १२ जेठ २०८० १३:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + twelve =