अनशनरत बिनु र प्रदीपबीचको वैवाहिक सम्बन्ध कायमै राख्ने उच्च अदालतको फैसला

हिमाल प्रेस १० जेठ २०८० १३:१९
62
SHARES
अनशनरत बिनु र प्रदीपबीचको वैवाहिक सम्बन्ध कायमै राख्ने उच्च अदालतको फैसला अनशनरत बिनु।

काठमाडौँ- न्यायका लागि भन्दै आमरण अनशन बसिरहेकी बिनु यादव र प्रदीप कठायतबीचको सम्बन्धविच्छेदलाई उच्च अदालत पाटनले उल्ट्याइदिएको छ। मंगलबार न्यायाधीश सुवास पौडेल र सुदर्शनराज पाण्डेको संयुक्त इजलासले उनीहरूबीचको वैवाहिक सम्बन्ध कायमै राख्ने फैसला गरेको हो।

२०७९ वैशाखमा जिल्ला अदालत रामेछापका न्यायाधीश बद्रीप्रसाद ओलीको एकल इजलासले बिनु र प्रदीपबीच सम्बन्धविच्छेदको फैसला गरेको थियो।

बिनुले २०७९ असारमा जिल्ला अदालतको फैसला मान्य नभएको भन्दै उच्च अदालतमा मुद्दा दर्ता गरेकी थिइन्। बिनुका अनुसार प्रदीपसँग जर्बजस्ती सम्बन्धविच्छेद गराइएको थियो।

बिनु र प्रदीपले २०७७ जेठमा विवाह दर्ता गरेका थिए। अहिले बिनु विगत १५ दिनदेखि आमरण अनशनमा छिन्। बलात्कार र घरेलु हिंसाबाट पीडित भएकाले दोषीमाथि कडा कारबाही हुनुपर्ने ६ बुँदे माग राखी उनी काठमाडौँको माइतीघरमा अनशन बसिरहेकी छन्।

पीडक भनिएकाहरूले आफूलाई सहयोग गर्ने अभियन्तालाई समेत अनशनमै आएर ज्यान मार्ने धम्की दिइरहेको बिनुले आरोप लगाएकी छन्।

प्रकाशित: १० जेठ २०८० १३:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − ten =