नर्सहरू धर्नामा : भाइरल हुन दाग लाग्ने कुरा गर्न पाइँदैन

हिमाल प्रेस ९ जेठ २०८० १५:१५
16
SHARES
नर्सहरू धर्नामा : भाइरल हुन दाग लाग्ने कुरा गर्न पाइँदैन

काठमाडौँ- अस्पतालमा कामको सुनिश्चितता र कार्यभार कम गर्न माग गर्दै नर्सहरूले धर्ना दिएका छन्। विभिन्न अस्पतालमा कार्यरत नर्सहरू अस्पतालमा गर्नुपर्ने कामको सुनिश्चितता र कार्यभार कम गर्न माग गर्दै सोमबारदेखि काठमाडौँको माइतीघर मण्डलामा शान्तिपूर्ण धर्नामा बसेका हुन्।

उनीहरूले मंगलबार पनि धर्ना कार्यक्रम जारी राखेका छन्। उनीहरूले न्यून तलबमा क्षमताभन्दा पनि बढी बिमारीको हेरचाह गर्दासमेत कामको मूल्यांकन हुन नसकेको दुःखेसो पोखे।

धर्नामा सहभागी नर्स दीपा गिरीले सरकारले नर्सहरूको कार्यभार कम गरी कामको निश्चित सीमा कायम गर्नुपर्ने प्रमुख माग रहेको जानकारी दिइन्।

उनले न्यून तलबमा क्षमताभन्दा बढी बिरामीको हेरचाह गरे पनि कामको मूल्यांकन हुन छोडेको बताइन्। पछिल्लो समय सुरक्षित रुपमा काम गर्ने वातावरण नभएको भन्दै सामाजिक सञ्जालमा नर्सहरूमाथि हुने टीकाटिप्पणी रोकिनुपर्ने उनको भनाइ छ।

नर्सहरूले नर्स पेसालाई राज्यले अमर्यादित बनाउनबाट रोक्नुपर्ने माग अघि सारेका छन्। नर्सहरू कार्य क्षेत्रमा सुरक्षाको प्रत्याभूति गराइयोस्, गल्ती देख्नेहरूले हाम्रो राम्रो काम पनि देखोस्, मिडियामा भाइरल हुन नर्स पेसामाथि दाग लाग्ने कुरा गर्न पाइँदैन, व्यक्ति गलत होला तर नर्सिङ पेसा गलत छैन भन्ने जस्ता प्लेकार्डसहित धर्नामा बसेका छन्।

प्रकाशित: ९ जेठ २०८० १५:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + sixteen =