सुनसुरीमा मिटरब्याजीविरुद्ध २ सय ४९ उजुरी

हिमाल प्रेस ८ जेठ २०८० २१:०४
2
SHARE
सुनसुरीमा मिटरब्याजीविरुद्ध २ सय ४९ उजुरी

इटहरी- सुनसरी जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजीविरुद्व २ सय ४९ जनाले उजुरी दिएका छन्। सरकारले मिटरब्याजीविरुद्व उजुरी दिन आह्वान गरेपछि हालसम्म २ सय ४९ जनाले उजुरी दिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको हो।

जेठ ८ गतेसम्म उक्त संख्यामा उजुरी परेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन्। प्रशासनले जारी गरेको सूचनामा मिटरब्याजीले गरेको ठगी र शोषणविरुद्ध तथ्य र प्रमाणसहित उजुरी दर्ता गर्न भनिएको थियो।

सूचना जारी भएपछि मिटरब्याजको धन्दा सञ्चालन गर्ने गिरोह, व्यक्ति र संस्थाबाट पीडित भएको भन्दै सर्वसाधारणले उक्त संख्यामा उजुरी दिएका उनको भनाइ थियो।

यस्तै, दुई जना प्रतिनिधिविरुद्व पनि उजुरी परेको प्रशासनले बताएको छ। प्रशासनका अनुसार इनरुवा नगरपालिका ६ का वडाध्यक्ष सुमन थापा र कोशी गाउँपालिका १ का वडाध्यक्ष सोभितनारायण यादवविरुद्व उजुरी आएको छ।

प्राप्त उजुरीमाथि प्रमाणका आधारमा पहिलो चरणमा पक्षहरूबीच छलफल गर्ने र त्यसपछि थप समन्वय गरी मुद्दा चलाउने तयारी भइरहेको छ।

प्रकाशित: ८ जेठ २०८० २१:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =