डा. जगमानको अभिव्यक्तिको विरोध

हिमाल प्रेस ८ जेठ २०८० १४:१५
10
SHARES
डा. जगमानको अभिव्यक्तिको विरोध

पोखरा– नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति डा. जगमान गुरुङले दिएको अभिव्यक्तिप्रति नौंचु पैंगीलामा परिवारले आपत्ति जनाएको छ।

गत बुद्धपुर्णिमाको दिन कास्कीको यांजाकोटमा आयोजित एक कार्यक्रममा उनले नौंचु पैंगीलामा गुरुङहरुको मानमर्दनमा ठेस पुर्‍याउने अभिव्यक्ति दिएको भन्दै माफी माग्नुपर्ने मागसमेत गरिएको छ।

नौंचु पैंगीलामा गुरुङलाई ‘तोल्च्यो पैंगीलामा’ भनेर होच्याएको साथै विगतमा ताङतिङका वासिन्दाले जालसाजी गरी यांजाकोट गाउँका खर्क, सिमाना हडपेको भाम्रक कुरा गरेर समुदायमा विवाद सिर्जना गर्न खोजेको नौंचु पैंगीलामा गुरुङ ताङतिङका अध्यक्ष विर्जमान गुरुङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

‘सार्वजनिक पद धारण गरिसकेको व्यक्तिले प्रचलित कानुन र संविधानविपरीत आधारहीन भ्रामक कुरा गरेर कुनै जातीय, समुदाय विशेष र गाउँलाई होच्याउने, मान मर्दन गर्ने कार्य, जातीय विद्वेष र सामाजिक सद्भभ बिथोल्ने खालको गैरसंवैधानिक छ,’ विज्ञप्तिमा लेखिएको छ। डा. जगमानले भनाइ फिर्ता लिएर माफी नमागे आफ्नो समाजले जुनसुकै कदम चाल्ने चेतावनीसमेत दिइएको छ।

साथै, गण्डकी प्रदेशसभा सदस्य एवम् पूर्वमन्त्री वेदबहादुर गुरुङले पनि डा. जगमानको उक्त भनाइप्रति खेद प्रकट गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − seven =