भुकुटीमण्डपमा ‘चेम्बर एक्स्पो’ सुरु

हिमाल प्रेस ४ जेठ २०८० १६:१७
6
SHARES
भुकुटीमण्डपमा ‘चेम्बर एक्स्पो’ सुरु

काठमाडौँ- नेपाल चेम्बर अफ कमर्सको आयोजनामा छैटौँ ‘चेम्बर एक्स्पो’ सुरु भएको छ। काठमाडौँको भृकुटीमण्डपमा बिहीबारदेखि सुरु भएको एक्स्पोमा स्वदेशी उत्पादनसँगै विभिन्न अन्तर्राष्ट्रिय वस्तु प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन्।

मेलामा नेपालमै उत्पादित घरेलु तथा हस्तकलाका सामाग्रीलगायत जडीबुटी, आयुर्वेदिक वस्तुहरू पनि प्रदर्शनीमा राखिएका छन्। यस्तै अटोमोबाइल, विद्युतीय सामग्री, फेसन वेयर, छालाजन्य वस्तुसमेत प्रदर्शनीमा राखिएका छन्।

उक्त एक्स्पोको उद्घाटन श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले गरे। सो क्रममा उनले निजी क्षेत्रमैत्री वातावरण सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको बताए। उद्योग, व्यवसायमैत्री नीतिमार्फत निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार रहेको मन्त्री भण्डारीको भनाइ थियो।

मुलुकभित्रै रोजगारी सिर्जना गरेर युवालाई विदेशिनबाट रोक्न सरकारले गृहकार्य गरिरहेको उनको भनाइ थियो। चेम्बर अध्यक्ष राजेन्द्र मल्लले कठिन आर्थिक अवस्थामा पनि व्यावसायिक गतिविधि बढाउन व्यापार मेला (एक्स्पो) आयोजना गरिएको बताए।

व्यापार मेलामा चेम्बरले अन्तरक्रिया, आयात निर्यातको सूचना आदानप्रदान तथा नेपाली वस्तुहरूको बजारीकरणमा जोड दिइने अध्यक्ष मल्लले बताए।

त्यस्तै वाणिज्य सचिव मधु मरासिनीले अर्थतन्त्रलाई चलायमान बनाउन व्यापार मेला फलदायी हुने बताए। माग र आपूर्ति एवं रोजगारी सिर्जना गरेर अर्थतन्त्र चलायमान बनाउन व्यापार मेलाले महत्त्वपूर्ण सहयोग गर्ने विश्वास लिइएको उनले बताए।

यस्ता किसिमका मेला स्थानीय तहसम्मै गर्न सरकारले नीतिगत व्यवस्था गरिरहेको सचिव मरासिनीले बताए।

प्रकाशित: ४ जेठ २०८० १६:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =