डीजी मार्टमा आइएमई पेमार्फत भुक्तानी गर्दा छुट

हिमाल प्रेस ३ जेठ २०८० १६:२१
4
SHARES
डीजी मार्टमा आइएमई पेमार्फत भुक्तानी गर्दा छुट

काठमाडौँ- डेली ग्रोसरी (डीजी)मार्टमा आइएमई पेको क्यूआर स्क्यान गरी भुक्तानी गर्दा छुट पाइने भएको छ। डीजीबाट सामान खरिद गर्दा आइएमई पेको क्यूआर स्क्यानमार्फत भुक्तानी गर्दा प्रत्येक करोबारमा १ सय रुपैयाँ वा १० प्रतिशत छुट ग्राहकले पाउने अफर सार्वजनिक गरिएको छ।

अफर अवधिमा ५ पटकसम्म छुट पाउन सकिने आइएमई डिजिटल सोलुसनले जानकारी दिएको छ। कम्पनीका अनुसार डिजी मार्टका सबै शाखामा उक्त छुट पाइनेछ।
अफर गत सोमबार (जेठ १ गते)देखि लागू भएर आगामी असार ३१ गतेसम्म रहनेछ। उक्त अफरका लागि आइएमई पे र डिजी मार्टबीच सम्झौता गरिएको छ।

प्रकाशित: ३ जेठ २०८० १६:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =