संसदीय समितिका निर्देशन पालना नगरे कारबाही हुनुपर्छ : लामिछाने

हिमाल प्रेस २ जेठ २०८० १६:११
8
SHARES
संसदीय समितिका निर्देशन पालना नगरे कारबाही हुनुपर्छ : लामिछाने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले संसदीय समितिका निष्कर्ष तोडमरोड गर्न नहुने बताएका छन्। राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा उनले समितिका निष्कर्ष तोडमरोड गर्नु नहुने बताएका हुन्।

उनले समितिले दिएको निर्देशन पालना गर्नुपर्ने र नगरे के गर्ने भन्ने बारेमा पनि कारबाही प्रक्रिया अघि बढाउनुपर्ने बताए। उनले भने, ‘वाइडबडी खरिदमा घोटाला भएको भनेर समितिले भनिसकेको छ। तर संसदीय समितिले त्यत्रो प्रमाण जुटाएर, छलफल गरेर कुनै विषयमा निष्कर्ष निकालेर दिएको निर्देशन फासफुस हुने हो भने समिति कर्मकाण्डी हुन्छन्, समिति कर्मकाण्डी हुन भएन।’

कसैलाई फसाउन गरिएको निर्णय हो भने विरोध गर्नुपर्ने अन्यथा लागू गर्नुपर्ने उनको भनाइ छ। उनले भने, ‘निर्देशन पालना नभएको हकमा के हुन्छ? समितिमा बोल्नका लागि कुनै पनि सदस्यलाई समय छुट्याउनुपर्छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =