दुर्घटनामा एक किशोरीको मृत्यु

हिमाल प्रेस १ जेठ २०८० १७:३५
6
SHARES
दुर्घटनामा एक किशोरीको मृत्यु सांकेतिक तस्बिर।

इटहरी- इटहरीमा स्कुटर दुर्घटनामा परी एक जना किशोरीको मृत्यु भएको छ। कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार आइतबार राति करिब सवा ९ बजेतिर इटहरी १७ स्थित सिप्रदी नजिकै मे ११ प ३५३६ नम्बरको स्कुटर अनियन्त्रित भएर दुर्घटनामा परेको हो।

मृत्यु हुनेमा इटहरी ७ की २० वर्षीया एलिसा मगर रहेकी छन्। गम्भीर घाइते भएकी उनको उपचारका क्रममा राति नै विराट टिचिङ अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

स्कुटरमा सवार इटहरी ५ की २२ वर्षीया सुस्मिता चौधरी घाइते भएकी छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रकाशित: १ जेठ २०८० १७:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =