यस्तो छ एमालेको मिसन ग्रासरुट अभियानका पाँच प्रभाव

हिमाल प्रेस २८ वैशाख २०८० १८:१०
14
SHARES
यस्तो छ एमालेको मिसन ग्रासरुट अभियानका पाँच प्रभाव

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले केही समयअघि सञ्चालन गरेको मिसन ग्रासरुट अभियानले मुख्यतया पाँचवटा प्रभाव कायम गरेको दाबी गरेका छन्।

पार्टी केन्द्रीय कमिटी बैठकमा बिहीबार पेस गरेको राजनीतिक प्रतिवेदनमा अभियानको समग्र प्रभाव र ध्यान दिनुपर्ने कुरालाई ओलीले पाँच बुँदामा समेटेका छन्। एमालेले अभियानका क्रममा १२ वटा कार्यादेश तोकेर प्रत्येक पालिकामा पार्टी केन्द्रीय सदस्यहरू तथा केन्द्रीय प्रतिनिधि खटाएको थियो।

यस्तै पार्टीका केन्द्रीय सचिवहरूको संयोजनमा सबै स्थायी कमिटी सदस्यहरूलाई ६ वटा कार्यादेशसहित अनुगमनको जिम्मेवारी सुम्पिएको थियो।

उपाध्यक्षहरूले एउटाएउटा प्रदेशको जिम्मेवारी लिएका थिए भने महासचिव र उपमहासचिवहरूले केन्द्रीय कार्यालयबाट अभियानको संयोजन गरेका थिए। ग्रासरुट अभियान फागुन ५ गतेबाट सुरु भई दुई महिना सञ्चालन भएको थियो।

 पाँच प्रभाव

क. अभियानले लामो समयदेखि कमजोर अवस्थाबाट गुज्रिएको पार्टी संगठनलाई चलायमान बनाएको छ।

ख. एकाधबाहेक अधिकांश केन्द्रीय सदस्यहरू आफूलाई तोकिएको पालिकामा पुगेर अभियानको नेतृत्व गरेका छन्। उनीहरू स्वयंका लागि पनि यो पार्टीको समग्र संगठनात्मक स्तरलाई बुझ्ने, मातहतका पार्टी कार्यकर्ताको भावना सुन्ने, जनतासँगको सम्बन्ध विस्तार गर्ने र जनसरोकारका विषय बुझ्ने संकलन गर्ने हिसाबले सिकाइको अवसर बन्न पुगेको छ।

ग. ५० प्रतिशतभन्दा बढी पार्टी सदस्यहरूको नवीकरण भौतिक उपस्थितिमै सम्पन्न भएको छ र यसले हाम्रो पार्टी सदस्यताको अभिलेखलाई अद्यावधिक, व्यवस्थित र यथार्थ बनाउन सहज भएको छ।

घ. पार्टीभित्रका समस्याका पहिचान भएको छ र त्यसलाई समाधानका कतिपय उपाय पनि पहिल्याइएका छन्।

ङ. जनसरोकारका विषयको पहिचान भएको छ र आगामी दिनमा जनपरिचालनका लागि आधार तयार भएको छ।

प्रकाशित: २८ वैशाख २०८० १८:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + twelve =