संसदीय पत्रकार मञ्च गण्डकीको अध्यक्षमा भरत कोइराला निर्वाचित

हिमाल प्रेस २६ वैशाख २०८० १६:४५
6
SHARES
संसदीय पत्रकार मञ्च गण्डकीको अध्यक्षमा भरत कोइराला निर्वाचित

पोखरा- संसदीय पत्रकार मञ्च गण्डकीको अध्यक्षमा भरत कोइराला निर्वाचित भएका छन्। उनी यसअघि पनि अध्यक्ष थिए। मञ्चको पोखरामा मंगलबार भएको चौंथो साधारणसभा तथा तेस्रो अधिवेशनमा अध्यक्षका प्रत्यासी रोहितराज पराजुलीलाई ४ मतान्तरले पराजित गर्दै कोइराला आगामी २ वर्षका लागि निर्वाचित भएका हुन्। कोइरालाले १२ र पराजुलीले ८ मत ल्याए।

२२ सदस्य रहेको मञ्चमा सहमतिको वातावरण नबनेपछि मतदान प्रक्रियाबाट नेतृत्व छिनोफानो लगाइएको हो।

मञ्च उपाध्यक्षमा विसन क्षेत्री, सचिव तारा चापागाईं र कोषाध्यक्ष उमा आलेमगर सर्वसम्मत भए। मतदान प्रक्रियामा २० जनाले भाग लिएका थिए।

प्रकाशित: २६ वैशाख २०८० १६:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + twenty =