शरणार्थी काण्डमा मिलिजुली एकअर्कालाई जोगाउने काम नहोस् : रवि लामिछाने

हिमाल प्रेस २५ वैशाख २०८० १३:०६
14
SHARES
शरणार्थी काण्डमा मिलिजुली एकअर्कालाई जोगाउने काम नहोस् : रवि लामिछाने फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी काण्डमा मिलिजुली एकअर्कालाई जोगाउने काम हुन नहुने बताएका छन्।

सोमबार भएको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले शरणार्थी काण्डका दोषी नउम्किउन् भन्दै निष्पक्ष छानबिन गर्न माग गरेका हुन्।

संसद्मा बोल्दै उनले भने, ‘अहिले यो काण्डमा तात्दै गएको ताप्के सेलाउन थालेको छ, त्यसो नहोस् दोषीलाई कारबाही गरियोस्।’

लामिछानेले यो विषय आफू र आफ्नो पार्टीले नजिकबाट नियालिरहेको बताउँदै भने, ‘सिंगो देश र अन्तर्राष्ट्रिय समुदायले हेरेको छ, भ्रष्टाचारीलाई जोगाउने काम नहोस्।’

 

प्रकाशित: २५ वैशाख २०८० १३:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + thirteen =