सुरु भयो बजेट अधिवेशन [फोटो फिचर]

दिपेश श्रेष्ठ २४ वैशाख २०८० १७:४३
6
SHARES
सुरु भयो बजेट अधिवेशन [फोटो फिचर]

काठमाडौँ- संघीय संसद्अन्तर्गत प्रतिनिधसभाको दोस्रो अधिवेशन (बजेट अधिवेशन) सुरु भएको छ। आजको बैठकको सुरुमै सांसदहरूबीच आरोपप्रत्यारोप चल्यो। केहीबेर त सभामुखलाई बैठक सञ्चालन गर्नै हम्मेहम्मे भयो।

बैठक विधिवत् सुरु गर्नुपूर्व अर्थात् राष्ट्रपतिको कार्यालयबाट प्राप्त भएको पत्र बाचन गर्न नपाउँदै नेमकिपा, नेकपा (एमाले) र स्वतन्त्र सांसदहरूले आकस्मिक समयको माग गरे। तर, सभामुख घिमिरेले बैठक विधिवत् रूपमा सञ्चालन गरेपछि बोल्न आग्रह गरे।

राष्ट्रियगान बजिसक्न नपाउँदै सांसद प्रेम सुवालले समय लिन खोजेका थिए। त्यसपछि सभामुख घिमिरेले उनलाई बस्न अनुरोध गरे ।

त्यसपछि एमाले सांसद रघुजी पन्त र स्वतन्त्र सांसद अमरेशकुमार सिंहले पनि बोल्न समय मागे। उनीहरूले निरन्तर समय माग गरेका थिए। जवाफमा विधिवत् बैठक सुरु गरेपछि बोल्न समय उपलब्ध गराउने सभामुखले प्रतिबद्धता व्यक्त गरे। सभामुखले केही सांसदहरूलाई भने यो समयमा बोल्न अनुमति दिएनन्।

प्रकाशित: २४ वैशाख २०८० १७:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 18 =