प्रचण्डलाई क्यान्टोनमेन्ट घोटालाको फाइल खोल्न लिङ्देनको चुनौती

हिमाल प्रेस २४ वैशाख २०८० १६:४५
20
SHARES
प्रचण्डलाई क्यान्टोनमेन्ट घोटालाको फाइल खोल्न लिङ्देनको चुनौती

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले ठूला भ्रष्टाचारका फाइल खोलेमा सरकारलाई आफ्नो पार्टीको समर्थन हुने बताएका छन्।  राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको एकताको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई आइतबार सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले ठूला भ्रष्टाचारका फाइल खोलेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई राप्रपाको समर्थन रहने बताएका हुन्।

क्यान्टोनमेन्टको घोटालाकाण्ड प्रचण्डकै शिरमाथि लागेकाले फाइल खोलेर आफू चोखो छु भन्ने प्रमाणित गरिदिन उनले आग्रह गरेका छन्।

उनले सरकारले राजनीतिक स्वार्थ नराखी सुविचारका साथ नक्कली शरणार्थी प्रकरणका आरोपितलाई पक्राउ गरेको भए आफ्नो पार्टीको समर्थन रहने बताए। ‘विगतका वाइडबडी काण्ड, ललिता निवास, एनसेल काण्डजस्तै यो काण्ड सेलाएर जानु हुँदैन। यो देखाउनका लागि मात्रै हुनु हुँदैन। पुष्पकमल दाहालले सुनियतका साथ, सुविचारका साथ यो कदम अगाडि बढाउनु भएको, यसमा कुनै राजनीतिक स्वार्थ छैन भने राष्ट्रिय प्रजातन्त्र पार्टीको यसमा समर्थन रहन्छ।’

अध्यक्ष लिङ्देनले देश आर्थिक रुपमा टाट पल्टने अवस्थामा रहेको भए पनि सरकारले अर्थतन्त्र सुधार गर्ने कुनै कदम नचालेको बताए। उनले भने, ‘देश कुनै पनि बेला आर्थिक हिसाबले टाट पल्टन सक्ने अवस्थामा छ। अहिले राजस्व जति उठ्छ, त्यतिले चालु खर्च पनि धान्न सकिएको अवस्था छैन।’

उनले राजस्वले कर्मचारीलाई तलब खुवाउन पनि पुग्ने अवस्था नरहेको बताए। उनले भने, ‘ऋण काडेर अहिले कर्मचारीलाई तलब खुवाउनुपरेको अवस्था छ। ८० अर्बभन्दा बढी निर्माण व्यवसायीलाई राज्यले दिनुपर्ने भुक्तानी नै पुगिसकेको छ।’ अध्यक्ष लिङ्देनले देशमा नांगो रुपले विदेशी हस्तक्षेप बढेको बताए।

प्रकाशित: २४ वैशाख २०८० १६:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + thirteen =