लडाकु शिविर व्यवस्थापनमा घोटाला नभएको मा‌ओवादीको दाबी

हिमाल प्रेस ७ जेठ २०८० १७:३०
4
SHARES
लडाकु शिविर व्यवस्थापनमा घोटाला नभएको मा‌ओवादीको दाबी

काठमाडौँ– नेकपा माओवादी केन्द्रले लडाकु शिविर व्यवस्थापनमा कुनै घोटाला नभएको जनाएको छ। आइतबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार पत्रकार सम्मेलनमा पार्टी उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराले यस्तो जानकारी दिएका हुन्।

झण्डै ६ वर्ष माओवादी सेनाको व्यवस्थापन तथा समायोजनको जिम्मा राज्यले लिएको भन्दै शिविर व्यवस्थापनमा कुनै घोटाला नभएको बैठकको निष्कर्ष रहेको उनको भनाइ छ।

शान्ति प्रक्रियालाई सार्थक पार्न माओवादी सेनाको रेखदेख र व्यवस्थापनका लागि करिब ४६ करोड पेश्की व्यवस्थापन गरिएकोमा सो रकम अनुदानमा परिणत गर्न शान्ति मन्त्रालयको सिफारिसमा सरकारको निर्णयलाई आधार बनाएर महालेखा परीक्षकले ०६९ जेठमा सो रकम खर्चको समर्थन, फर्छ्यौट र मिनाहा गरी समपरीक्षणबारे शिविर व्यवस्थापन केन्द्रीय समन्वयकर्ताको कार्यालय सिंहदरबारमा जानकारी पत्र पठाएको प्रवक्ता महराले स्पष्ट पारे।

शिविर व्यवस्थापन कार्यालयमार्फत माओवादी सेनाको भत्ता र अन्य व्यवस्थापनको रकम भुक्तानी भएको उनले बताए।

नक्कली भुटानी शरणार्थी प्रकरणका कारण केहीले नियोजित रूपमा लडाकु शिविरबारे प्रश्न उठाएको बताउँदै उनले माओवादी केन्द्रले नक्कली भुटानी शरणार्थी कारबाही प्रक्रियाले राष्ट्रिय अपराधीहरूलाई कारबाही गरी राष्ट्रको शान जोगाउन खाजिएको र यसले समग्र उत्साह र मनोबल उठेको उनले जनाए।

सरकारले दोषीहरूलाई कारबाही गर्न कुनै कसुर बाँकी नराखी कुनै-कुनै पनि किसिमको सम्झौता नगर्न सरकारलाई माओवादीले सुझाव दिएको छ। प्रवक्ता महराले सरकारले आफ्नो गतिमा नेपाल र नेपाली जनतालाई सकारात्मक सन्देश दिन खोजेको उनको भनाइ छ।

पत्रकार सम्मेलनमा पार्टी सचिव चक्रपाणि खनाल बलदेवले अयोग्य लडाकुलाई रकम दिने निर्णय अहिले नभएर धेरै पहिलेको सरकारले गरेको निर्णय भए पनि पटक पटक रोकिएको बताए। लडाकु शिविरका विषयमा सांसदमा अवाज उठाउनुको कुनै तुक नरहेको भन्दै उनले यस विषयमा अध्ययन गरेर मात्रै बोल्न सुझाव दिए।

यस्तै माओवादी केन्द्रले सरकारले अघि सारेको नीति तथा कार्यक्रम सकारात्मक रहेको र यसले मुलुकलाई सकारात्मक दिशतर्फ अघि बढाउन मद्धत पुग्ने विश्वास व्यक्त गरेको छ।

प्रकाशित: ७ जेठ २०८० १७:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =