ड्युटीमै रहेका प्रहरीका सईमाथि खुकुरी प्रहार

हिमाल प्रेस २३ वैशाख २०८० ७:२३
2.9k
SHARES
ड्युटीमै रहेका प्रहरीका सईमाथि खुकुरी प्रहार सांकेतिक तस्बिर

काठमाडौँ- कन्चनपुरमा शुक्रबार राति प्रहरीमाथि खुकुरी प्रहार भएको छ।

कन्चनपुरको दोधारा चाँदनी नगरपालिका ७ कञ्चनभोस्थित बीओपीका खटिएका सशस्त्र प्रहरीका प्रमुख नरेन्द्र चैंसिरविरुद्ध अज्ञात समूहले खुकुरी प्रहार गरेको हो।

ड्युटीकै क्रममा राति १०:३० बजे ५/६ जनाको समूहमा आएको अज्ञात समूहले खुकुरी प्रहार गरेर भागेको हो। खुकुरी
प्रहारबाट उनको बायाँ पाखुरामा चोट लागेको छ।

आक्रमणकारीको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २३ वैशाख २०८० ७:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + three =