नेविसंघमा ३२ र तरुण दलमा ४५ वर्ष कटेकाले जिम्मेवारी नपाउने

हिमाल प्रेस २२ वैशाख २०८० १९:१२
20
SHARES
नेविसंघमा ३२ र तरुण दलमा ४५ वर्ष कटेकाले जिम्मेवारी नपाउने फाइल तस्बिर

काठमाडौँ– नेपाली कांग्रेसले पार्टीका भ्रातृ संस्थाहरू नेविसंघ र तरुण दलमा उमेरहदलाई पूर्णरुपमा कार्यान्वयन गर्ने जनाएको छ।

शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले नेपाल विद्यार्थीमा ३२ र तरुण दलमा ४५ वर्षको उमेर हदबन्दीअनुसार नै संगठन विस्तार गर्ने निर्णय गरेको हो।

पार्टीको कुनै पनि संरचनामा नबसेका र जनप्रतिनिधि बनेकाहरूलाई भ्रातृ संस्थामा समावेश नगर्ने निर्णय पनि गरेको छ।

२०७८ चैत ९ गतेभित्र ३२ वर्ष नपुगेकोले नेविसंघमा र ४५ वर्ष नपुगेकोले मात्रै तरुण दलमा जिम्मेवारी पाउने सहमहामन्त्री जीवन परियारले जानकारी दिए। छिटै बन्ने दुवै भ्रातृ संस्था पदाधिकारी बिहीन बन्नेछ। सबै सदस्य हुनेछन्।

परियारले भने, ‘आइतबारसम्म समिति ल्याउने गरी तयारी भएको छ। हामीले आज दुवै भ्रातृ संस्थाको प्रमुखलाई बोलाएर आएका नामहरूको सर्टलिस्टिङ गर्न भनेका छौँ।’

अहिले नेविसंघको अध्यक्षमा दुजाङ गुरुङ र तरुण दलको अध्यक्षमा विद्वान गुरुङ छन्।

प्रकाशित: २२ वैशाख २०८० १९:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =