यो सरकार रहिरहे देश टाट पल्टिन्छ : ओली

हिमाल प्रेस १९ वैशाख २०८० १४:५१
12
SHARES
यो सरकार रहिरहे देश टाट पल्टिन्छ : ओली

काठमाडौँ- नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार कायमै रहे मुलुक टाट पल्टिने बताएका छन्। मंगलबार नेकपा एमाले काठमाडौँ महानगर कमिटीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकको अर्थतन्त्र ओरालो लागेको बताएका हुन्।

राष्ट्रिय तथ्यांक कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदन उल्लेख गर्दै ओलीले मुलुकको अर्थतन्त्र पूर्ण रूपमा ओरालो लागेको र अबको डेढ वर्षमा रोक्न नसके मुलुक असफल राष्ट्र बन्ने खतरासमेत औँल्याए।

‘तीव्र गतिका साथ अर्थतन्त्र माइनसमा गइरहेको छ। त्यसकारण अर्थतन्त्र संकटमा छ,’ उनले भने, ‘देश संकटमा छ। यही सरकार रहिरहने हो भने देश टाट पल्टिनु अनिवार्य छ।’

ओलीले अर्थतन्त्र संकटमा भएकै कारण सरकारले स्थानीय तहमा जाने समपूरक बजेट ५० प्रतिशत कटौती गरेको पनि बताए।

प्रकाशित: १९ वैशाख २०८० १४:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + ten =