अझै बनेन धादिङमा भासिएको पुल

हिमाल प्रेस १९ वैशाख २०८० ८:२४
4
SHARES
अझै बनेन धादिङमा भासिएको पुल

काठमाडौँ- धादिङको गणेश खोलाको पुल अझै मर्मत सम्पन्न हुन सकेको छैन। हिजोदेखि भासिएको पुल मर्मत हुन नसक्दा १८ घन्टादेखि सडक अवरुद्ध छ।

अपराह्न १२ बजे भन्दा अगाडि कम्तीमा एकतर्फी भए पनि बाटो खुलाउन सकिने गरी अहिले पनि काम भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तु जैसवालले जानकारी दिए।

‘१२ बजेसम्म कम्तीमा एकतर्फी भए पनि खुलाउने गरी पुलको मर्मत भइरहेको छ’ उनले भने ।

१८ घन्टादेखि राजमार्ग अवरुद्ध हुँदा हजारौँ सवारीसाधन हिजोदेखि अलपत्र छन्।

यद्यपि, गल्छी-नुवाकोट काठमाडौँ र हेटौडा हुँदै बाहिरिनका लागि त्रिभुवन राजमार्ग गरी दुईवटा वैकल्पिक बाटोबाट सवारी साधनलाई काठमाडौँ भित्राउने र काठमाडौँ बाहिरबाट अन्यत्र पठाउने कार्य भने जारी छ।

 

प्रकाशित: १९ वैशाख २०८० ८:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − eighteen =